होली पर्वको शुभारम्भ : वसन्तपुरमा तीन तले चीर ठड्याइयो

काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोका दरबारमा आज शुक्रबार तीन तले चीर ठड्याइएपछि देशभर फागु (होली) पर्व सुरु भएको छ। हनुमान ढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ बिहान ८:३३ बजेको शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर होली पर्वको औपचारिक सुरुवात गरेका हुन्। चीर ठड्याएपछि एक अर्कालाई अबिर दलेर पर्वको शुभारम्भ भएको जनाउ दिइएको छ।

यसैगरी, आज पशुपति, हनुमान ढोका दरबारको सुन्दरी चोक, र ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली पर्व सुरु भएको संकेत गरिएको छ। यो परम्पराले नेपालका विभिन्न स्थानमा होलीको रौनक थपिएको छ।

फागु पूर्णिमाको अवसरमा मनाइने यो पर्वले आपसी मेलमिलाप, रंगको उल्लास र हर्षोल्लासको सन्देश बोकेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री