मंगलबार, १० असार २०८२

विद्युत् प्राधिकरणको ६ महिनामा नाफा ११ अर्ब ३६ करोड रुपैयाँ

समयपोष्ट २०८१ फागुन १९ गते १४:०६


नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। साउनदेखि पुससम्मको अवधिमा विद्युत् बिक्री, ब्याज र अन्य स्रोतबाट प्राधिकरणले कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ।

Advertisement

प्राधिकरणका अनुसार, विद्युत् खरिद, प्रशासनिक खर्च र विभिन्न आयोजना सञ्चालनका लागि ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ। यस आधारमा अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३५ करोड ९२ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ। यो गत आर्थिक वर्षको तुलनामा कम हो, जुन साउनदेखि पुससम्म १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ थियो।

अर्थात, गत आर्थिक वर्षमा विद्युत् बिक्री र अन्य आम्दानीबाट ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी भएको थियो, जबकि खर्च ५१ अर्ब ९२ करोड ७१ लाख थियो।

प्राधिकरणले २०७२/७३ को घाटाबाट पछि निरन्तर नाफामा रहेको तथ्यांक प्रस्तुत गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाइएको थियो। प्राधिकरणले आफ्नो नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणका पूर्वाधार विस्तार, सुदृढीकरण र विद्युतीकरणका आयोजना समावेश गर्दै लगानी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री