आइतबार, ४ साउन २०८२

इरान र इजरायलबीच ‘पूर्ण युद्धविराम’ भएको ट्रम्पको दाबी

समयपोष्ट २०८२ असार १० गते ६:२०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच “पूर्ण र सम्पूर्ण” युद्धविराममा सहमति भएको घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले युद्धविराम करिब ६ घण्टापछि सुरु हुने र दुवै देशले क्रमशः सैन्य गतिविधि घटाउँदै २४ घण्टाभित्र औपचारिक रूपमा युद्ध समाप्त गर्ने बताएका छन्।

यद्यपि, इजरायल र इरान दुवैले अहिलेसम्म यो युद्धविरामको आधिकारिक पुष्टि गरेका छैनन्।

यसअघि सोमबार इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेको थियो, जसमा कुनै मानवीय क्षति नभएको अमेरिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री