बुधबार, १२ वैशाख २०८१

देशैभर टाटाका गाडीका नक्कली पार्टपुर्जाको कारोबार, प्रहरी र प्रशासनद्धारा खोजी कार्य तिव्र

समयपोष्ट २०७९ चैत १३ गते १९:३७

Advertisement

टाटाका गाडीहरुको अवैध रुपमा पार्टपुर्जाहरु भित्र्याएर कारोबार गर्नेहरुलाई प्रहरी पक्राउ गरेको छ।

विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्राईएको सुराकीको आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा अवैध कारोवार गर्नेहरुको खोजी भएको थियो।

यसै क्रममा टाटाका अवैध पार्टसहरुको कारोबार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साँखुस्थित मा सलम्बुदेवी अटो स्पेयरका सञ्चालक बिनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्यलाई पक्राउ गरिएको छ।

यसबाहेक पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४ सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८ मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जीवन पोखरेल र विराटनगर ११ मोरङस्थित मनोकामना इन्टरनेसनलका सञ्चालक ध्रुव सिंह चौहान लगायतका व्यक्तिहरुलाई पक्राउ गरिएको हो।

उनीहरुलाई सम्बन्धित निकायमा उपस्थित गरार्ई अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराएर पठाइएको छ। नक्कली पार्टपुर्जाको प्रयोगले गाडीहरु अप्रत्याशित दुर्घटना भएर ठूलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन्छ। सँगै राज्यलाई पनि राजस्व नोक्सानी हुन्छ।

साथै, वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावित भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन्। नेपाल प्रहरी र प्रशासनद्धारा काठमाडौं उपत्यका लगायत देशका मुख्य सहरहरु र पश्चिम तराईका जिल्लाहरुमा अवैध कारोबारमा संलग्न व्यक्तिहरुको व्यापक खोजी गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री