शुक्रबार, ७ वैशाख २०८१

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ

समयपोष्ट २०७९ चैत ३ गते १९:०६


डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् ।

Advertisement

एशोसियसनको शुक्रबार चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे ।

कार्यसमितिका उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैेंकका रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका नरेश सिंह बोहरा चयन भएका छन्। त्यस्तै सदस्यहरुमा साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रकाश पौडेल, ज्योति विकास बैंंकका श्रीचन्द्र भट्ट र डा. इन्द्र कट्टेल रहेका छन् ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भइसकेको छ। एशोसियसनको १७ औं वार्षिक साधारण सभाले आव २०७८-०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आव २०७९/०८० को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री