शुक्रबार, १४ वैशाख २०८१

राष्ट्र बैंकले १५ अर्ब बजारमा पठाउँदै

समयपोष्ट २०७९ चैत २ गते ११:२३

Advertisement

नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

केन्द्रीय बैंकले बिहीबार रिपोमार्फत १५ अर्ब रुपैयाँ बजारमा प्रवाह गर्न लागेको हो । बिहीबार १० बजेदेखि ३ बजेसम्म जारी हुने रिपोका लागि इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतमका लागि ५ करोडले भाग गर्दा निःशेष भाग लाग्ने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।

१४ दिनका लागि जारी हुने रिपो आगामी चैत १६ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले बजारमा तरलता अभाव भएका बखत रिपोमार्फत अल्पकालिन तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता भएको बेला रिभर्स रिपोमार्फत पैसा लिनेगर्छ ।

अहिले बजारमा तरलताको केही असहजताकाबीच केन्द्रीय बैंकले रिपोमार्फत सहजीकरण गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री