बुधबार, २५ असार २०८२

एसईईपछिको विद्यार्थीहरूको सर्वोत्कृष्ट रोजाइ : अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम आई.बी. डिप्लोमा

समयपोष्ट २०७४ चैत १४ गते ७:२३

इन्टरनेसनल व्याकलरेट अर्गनाइजेसन (आई.बी.ओ.) कस्तो खालको अर्गनाइजेसन हो ?

Advertisement

इन्टरनेसनल व्याकलरेट अर्गनाइजेसन (आई.बी.ओ) को स्थापना स्विट्जरल्यान्डको जेनेभामा सन् १९६८ मा एउटा गैरनाफामूलक शैक्षिक प्रतिष्ठानको रूपमा भएको हो । आई.बी.ओ.ले पूर्वप्राथमिक तहदेखि माध्यमिक तहसम्मका भिन्न–भिन्न चारवटा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दछ । यसले १६ वर्षदेखि १९ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि दुई वर्षे आई.बी. डिप्लोमा कार्यक्रम र आई.बी. करिअर रिलेटेड कार्यक्रम सञ्चालन गर्दछ । आई.बी. डिप्लोमा कार्यक्रम हालसम्म विश्वका १५३ देशका ३१८२ विद्यालयमा सञ्चालन भइरहेको छ । आई.बी. डिप्लोमा कार्यक्रम र आई.बी करिअर रिलेटेड कार्यक्रम कक्षा ११ र १२ का समकक्षी कार्यक्रमहरू हुन् ।

आई.बी.ओ.को अनुमतिबिना कुनै पनि विद्यालयले यसको कुनै पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउँदैन । आई.बी.ओ.ले आफूद्वारा स्थापित मान्यता अनुशरण नगरेसम्म र विश्वस्तरीय शैक्षिक पूर्वाधार खडा नगरेसम्म आना कुनै पनि शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न अनुमति प्रदान गर्दैन । आई.बी.ओ.द्वारा स्वीकृत कार्यक्रम सञ्चालन अनुमति प्राप्त गर्न निकै कठिन र समय पनि लाग्छ । कुनै पनि विद्यालयले सञ्चालनका लागि आई.बी.ओ.को आवश्यक सर्त पूरा गरेमा आवेदन दिएको न्यूनतम १८ महिनामा सञ्चालन अनुमति पाउन सक्छ ।

आर्ई.बी. एउटा यस्तो शैक्षिक कार्यक्रम हो, जसले विद्यार्थीको ज्ञान निर्माण, कौशल सिकाइ, अवधारणा बुझाइ र रचनात्मक चिन्तनमा निरन्तर चुनौती पस्किरहन्छ । यसले भविष्यमा स्तरीय विश्वविद्यालयमा अध्ययनका लागि शैक्षिक, सामाजिक र भावनात्मक रूपले बलियो आधार स्थापना गर्न मद्दत गर्छ । यसले विद्यार्थीको भावी जीवनमा सफलता प्राप्त गर्न आवश्यक ज्ञान, सीप तथा कौशल प्रदान गर्दछ र तयारीसमेत गराउँदछ । समयको सही व्यवस्थापन गर्ने सीप यो कार्यक्रमको अर्को विशेषता हो । अरूको विचारको सम्मान गरी आनो विचार प्रष्टरूपमा राख्न सक्ने बनाउँछ । सोचमा विविधता हुन्छ भन्ने कुरालाई स्वीकार गरी सोहीअनुरूपको व्यवहार प्रदर्शन गर्न सक्ने व्यक्ति निर्माण गर्छ । आई.बी. स्तरीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्न पाउने ढोका खोल्नका लागि स्वर्ण पत्ती नै हो ।

Advertisement

आई. बी. डिप्लोमा तह कस्तोखालको शैक्षिक उपाधि हो ?

आई.बी. डिप्लोमा तह नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा सञ्चालित कक्षा ११ र १२ सरहको शैक्षिक कार्यक्रम हो । यो कार्यक्रमलाई विश्वभरका विश्वविद्यालय र देशहरूले मान्यता प्रदान गरेका छन् । हाम्रो सन्दर्भमा पनि यो आई.बी. डिप्लोमा तहलाई नेपाल सरकार, शिक्षा मन्त्रालय र नेपालका विश्वविद्यालयहरूले कक्षा १२ सरहको समकक्षता प्रदान गरेका छन् । विश्वविद्यालयको अध्ययनको पूर्वतयारी गर्ने सबैभन्दा उत्तम कार्यक्रम आई.बी. नै हो किनभने आई.बी.को पाठ्यक्रमलाई विश्वविद्यालयहरूले धेरै राम्रो कार्यक्रमको रूपमा ग्रहण गरेका छन् । त्यसैले त उनीहरूले आई.बी. अध्ययन गरेका विद्यार्थीहरूलाई स्नातक तहको चार वर्षे कार्यक्रम तीन वर्षमा सक्ने गरी मान्यता दिएका छन् ।

आई.बी. डिप्लोमा कार्यक्रम कसले अध्ययन गर्न पाउँछ ?

नेपालमा अध्ययन गरेका नेपाली विद्यार्थीको हकमा एसईई वा नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रद्वारा मात्यता प्राप्त एसईई वा सोसरहको परीक्षा उत्तीर्ण गरेपछि आई.बी. डिप्लोमा तह अध्ययन गर्न पाइन्छ । विदेशी विद्यार्थीहरूको हकमा भने कक्षा १० वा सोसरहको परीक्षा उत्तीर्ण गरेपछि आई.बी. डिप्लोमा तह अध्ययन गर्न पाउँछन् । जुन विद्यार्थीहरू शैक्षिक चुनौती सामना गर्न तयार रहेका छन् र जसले विश्वविद्यालयको अध्ययन कार्य सुरु गर्नुपहिल्यै प्राज्ञिक रूपमा तयार रहन चाहन्छन्, ती विद्यार्थीहरूका लागि यो सर्वोत्तम विकल्प हो ।

आई.बी. डिप्लोमा तहको पाठ्यक्रम कस्तो छ ?

आई.बी. डिप्लोमा कार्यक्रममा ६ वटा विषय समूह हुन्छन् । यसका अतिरिक्त तीनवटा मुख्य कोर विषयहरू पनि अध्ययन गर्नुपर्दछ । समूह ‘क’मा भाषा र साहित्यका विषयहरू, समूह ‘ख’मा मातृ भाषाका विषयहरू, समूह ‘ग’ मा व्यक्ति र समाजसम्बन्धी विषयहरू, समूह ‘घ’मा विज्ञान विषय, समूह ‘ङ’ मा गणित विषय र समूह ‘च’ मा कलासम्बन्धी विषय अध्ययन गर्न पाइन्छ । त्यस्तै, समूह ‘क’ देखि ‘ङ’ सम्मबाट अनिवार्यरूपमा एक विषय छान्नुपर्दछ भने समूह ‘च’ ऐच्छिक समूहमा पर्दछ । कला विषय अध्ययन गर्न नचाहने विद्यार्थीले समूह ‘क’ देखि ‘ङ’ सम्मबाट एक विषय थप पढ्नुपर्ने हुन्छ ।

त्यस्तै, कोर विषयअन्तर्गत तीन मुख्य विषयहरूमा विस्तृत निबन्ध (Extended Essay), ज्ञानको सिद्धान्त (Theory of Knowledge) र रचनात्मक क्रियाकलाप, खेल र सेवा सिकाइ (CAS) अनिवार्यरूपमा अध्ययन र काम गर्नुपर्ने हुन्छ । विस्तृत निबन्ध लेखनले विद्यार्थीमा अनुसन्धान गर्न र अनुसन्धानमूलक लेख लेख्न सक्ने क्षमताको विकास गराई भविष्यमा विश्वविद्यालय तहमा अध्ययन गर्न सजिलो तुल्याइदिन्छ भने ज्ञानको सिद्धान्तको अध्ययनले हामीले जे जानेका छौँ, कसरी जान्दछौँ ? भन्ने कुराको अध्ययन गराउँदछ । ज्ञानको सिद्धान्तले जिज्ञासा, प्रश्न सोध्ने क्षमता र महत्वपूर्ण सोच तथा रचनात्मक चिन्तन जस्ता २१औँ शताब्दीको लागि अति आवश्यक प्राज्ञिक सीप तथा कौशल सिकाउँछ । विद्यार्थीको सर्वोपरी विकासका लागि रचनात्मक क्रियाकलाप, खेल र सेवा सिकाइ अति नै महत्वपूर्ण कार्यक्रमहरू हुन् ।

विद्यार्थीले पत्रकारिता, पाकशिक्षा, नाटक, सङ्गीत, नृत्य, फिल्म जस्ता रचनात्मक क्रियाकलापका अनुभव रचनात्मक क्रियाकलापअन्तर्गत हासिल गर्दछन् भने जोखिम मोल्न सक्ने क्षमताको विकास ¥यािटङ, कायकिङ, ट्रेकिङ, रक क्लाइम्बिङ आदि क्रियाकलापबाट गर्दछन् । त्यस्तै, खेलकुद पनि पाठ्यक्रमको अभिन्न अङ्ग बनेको हुन्छ । विद्यार्थीले सानै उमेरदेखि समाजलाई केही दिने र समाजमा केही रचनात्मक कार्य गर्न उत्प्रेरणा जगाउन सामाजिक सेवामा सक्रिय सहभागी गराइन्छ । कोर विषयअन्तर्गत तीनवटै विषय आई.बी. डिप्लोमा कार्यक्रममा अनिवार्य गरिएको हुन्छ । विद्यार्थीले आई.बी. डिप्लोमा कार्यक्रमको अध्ययन समाम्तिपछि जिज्ञासु बन्ने, विषयको ज्ञाता, विचारक, सम्प्रेषक, उच्च सिद्धान्त भएको, खुला विचारक, समाज र वातावरणको ख्याल गर्ने, जोखिम मोल्न सक्ने, विचार र व्यवहारमा सन्तुलन कायम गर्न सक्ने क्षमताको विकास गराई चिन्तनशील बनाउँदछ । हरेक विषय शिक्षकले आनो विषय शिक्षण गर्दा माथिका १० वटै विद्यार्थीको प्रोफाइललाई ध्यानमा राखी शिक्षण सिकाइ क्रियाकलाप, ज्ञान निर्माण र सीप तथा कौशल सिकाइ क्रियाकलाप अघि बढाउँदछन् ।

विद्यार्थीहरूले आई.बी. डिप्लोमा नै किन पढ्ने ?

विद्यार्थीको उपलब्धि, शैक्षिक नेतृत्व र शिक्षण सिकाइमा आई.बी. वल्र्ड स्कुलको छुट्टै मान्यता र पहिचान छ । यसका कार्यक्रमहरू एकदमै समयसापेक्ष र चुनौतीपूर्ण छन् भने यसको मूल्याङ्कन प्रणाली वैध र विश्वसनीय पनि छ । आई.बी.ओ.को मुख्य विशेषता भनेको विद्यार्थीहरूलाई जीवनमा बाँच्न, सिक्न र काम गर्न आवश्यक ज्ञान निर्माण गर्न वातावरण प्रदान गर्ने र २१औँ शताब्दीको नागरिकका लागि नभई नहुने अत्यावश्यक सीप तथा कौशल सिकाउने हो । विद्यार्थीको बौद्धिक, व्यतिmगत, सामाजिक र संवेगात्मक विकास गरी प्रविधिमा भइरहेको द्रुत गतिको विकास र भूमण्डलीकृत विश्वको परिवेशमा बाँच्न सक्ने नागरिक तयार पार्नु हो ।

आई.बी. एक उच्च गुणवत्व कार्यक्रम हो । यसले विद्यार्थीको ज्ञान निर्माण क्षमताको अभिवृद्धि गरी उनीहरूलाई आवश्यक सीप तथा कौशल सिकाउँदछ । आई.बी.को शिक्षण सिकाइ पद्धतिले विद्यार्थीलाई जहिल्यै जिज्ञासु बनाउँछ । जिज्ञासुपन सिकाइको मुख्य केन्द्र हुने हुनाले सिकाइको अपनत्व पनि विद्यार्थीले नै लिन्छन् । सिकाइलाई कक्षा कोठाभन्दा बाहिर अनि विद्यार्थीको विद्यार्थी जीवनभन्दा पछिसम्म पु¥याइदिन्छ । फलस्वरूप सिकाइ जीवनपर्यन्त र जीवन्त बन्न पुग्दछ ।
यसले विद्यार्थीमा स्वतन्त्ररूपमा सोच्न सक्ने र आनो सिकाइलाई दैनिक व्यवहारमा प्रयोग गर्दै आफैँले अघि बढाउन सक्ने क्षमताको विकास गरिदिन्छ । आई.बी.को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको संसारका नाम चलेका विश्वविद्यालयहरूमा अध्ययनको ढोका खुला गरिदिनु नै हो । आजसम्म जति पनि नाम चलेका विश्वविद्यालय छन्, उनीहरूको रोजाइमा आई.बी. कार्यक्रमका विद्यार्थीहरू नै पहिलो रोजाइमा पर्दछन् । आई.बी. कार्यक्रमले विश्वस्तरीय विश्वविद्यालयको अध्ययनको ढोका खोल्न विद्यार्थीमा समय व्यवस्थापनको सीप, नागरिक संलग्नता जस्ता कार्यक्रममा गहिरो अभिरुचि, उल्लेखनीय शैक्षिक क्षमता, गहन अनुसन्धान र लेखनकला, महत्वपूर्ण सोच र रचनात्मक चिन्तन कौशल, विषयवस्तुलाई हेर्ने अन्तर्राष्ट्रिय दृष्टिकोणको विकास गर्दछ ।

माध्यमिक शिक्षातर्पmको कक्षा ११ र १२ सञ्चालन भएका विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरू छन्, तिनीहरू र आई.बी.बीचको के भिन्नता छ ?

आई.बी. भनेको अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम हो । यो कुनै देशको सरकारद्वारा त्यस देशका विद्यार्थीका लागि तयार पारिएको कार्यक्रम नभई यो संसारभर छरिएर रहेका अन्तर्राष्ट्रिय विद्यालयले अध्यापन गर्ने विद्यार्थीहरूका लागि तयार पारिएको कार्यक्रम हो । आई.बी. कुनै निश्चित देशको शैक्षिक उद्देश्य हासिल गर्न बनाइएको पाठ्यक्रम होइन । यसले राष्ट्र र देशभन्दा पनि अहिलेको अन्तर्राष्ट्रिय आवश्यकता कसरी पूरा गर्न सकिन्छ भनी पाठ्यक्रम निर्माण र विकास गरेको हुन्छ । आई.बी.को परीक्षा बाह्य बोर्डद्वारा सञ्चालन गरी संसारभर रहेका आई.बी. मूल्याङ्कनकर्ताहरूद्वारा परीक्षण गराई नतिजा प्रकाशित गरिन्छ । आई.बी. कार्यक्रममा अध्यापन गराउने शिक्षकले आई.बी.ओ.को तालिम लिएको हुनै पर्छ । यस्ता तालिमहरू एक पटक हैन, पटक–पटक लिनुपर्दछ अन्यथा त्यो शिक्षक आई.बी.को पाठ्यक्रम पढाउनका लागि योग्य शिक्षक हुँदैन । आई.बी. डिप्लोमा कार्यक्रम प्राइभेट विद्यार्थीको रूपमा अध्ययन गर्न पाइँदैन ।

नेपालमा आई बी. कहाँ–कहाँ अध्ययन गर्न सकिन्छ ?

आई.बी.ओ.ले पूर्वप्राथमिक तहदेखि माध्यमिक तहसम्मका भिन्नभिन्न चारवटा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरे तापनि नेपाल सरकार, शिक्षा मन्त्रालयले नेपालमा आई.बी. डिप्लोमा तहको कार्यक्रम मात्र सञ्चालन गर्ने अनुमति प्रदान गरेको छ । युलेन्स स्कुल नेपाल सरकार, शिक्षा मन्त्रालय र आई.बी. दुवै निकायबाट आई.बी. डिप्लोमा तहको कार्यक्रम सञ्चालन गर्ने अनूमति प्राप्त नेपालको पहिलो र एक मात्र विद्यालय हो । ललितपुरको खुमल्टार– १५ स्थित युलेन्स स्कुलले सन् २००९ देखि आई.बी. डिप्लोमा कार्यक्रम सञ्चालन गरिरहेको छ । युलेन्स स्कुलले आई.बी. डिप्लोमा तहको दशौँ समूहको भर्ना लिइरहेको छ ।

आई.बी.मा अध्यापन गराउने शिक्षकहरूको वृत्तिविकास कसले गराउँछ ?

आई.बी.ओ.ले नियमित र अनिवार्यरूपमा शिक्षकको वृत्तिविकास कार्यक्रम सञ्चालन गरी शिक्षकहरूलाई कार्यशालामा भाग लिन लगाएर उनीहरूको व्यवसायिक कौशलको विकास गराउँदछ । आई.बी.ओ.को सञ्जाल विश्वभर रहेकाले संसारभरका शिक्षण सिकाइका राम्रा अभ्यासहरू आना नेटवर्कमार्फत् शिक्षकहरूले आदान–प्रदान गर्ने मौका प्राप्त गर्दछन् । आई.बी.ओ.ले नियमित र अनिवार्य शिक्षक तालिम तथा कार्यशाला सञ्चालन गर्ने हुनाले शिक्षकहरूको शिक्षण सीपमा निरन्तर सुधारको लागि उच्चस्तरको व्यवसायिक तालिम प्रदान गर्दछ । यस्ता तालिम र कार्यशालाले उनीहरूमा रचनात्मक चिन्तन र महत्वपूर्ण सोच जस्ता प्राज्ञिक सीप विकास गरी उनीहरूलाई जीवनपर्यन्त सिकाइका लागि तयार पार्दछ । साथै, शिक्षकहरूलाई आवश्यक स्रोत, सामग्री, मूल्याङ्कनका साधनहरू समयसापेक्ष सुधार गर्दै नियमितरूपमा जानकारी गराउँदछ ।

युलेन्स स्कुलले आई.बी. डिप्लोमा तहमा भर्नाको लागि के–के आधारहरू राखेको छ ?

युलेन्स स्कुलले आई.बी. डिप्लोमा कार्यक्रममा भर्नाका लागि लैङ्गिक सन्तुलन, शैक्षिक उत्कृष्टता, विविधता र विद्यार्थीहरूको चुनौती सामना गर्ने तत्परता जस्ता आधारहरू तय गरेको छ । माथिका चारवटा आधारहरूमा रहेर विद्यार्थीहरूको छनोट गर्ने गरिन्छ । लैङ्गिक सन्तुलन मिलाउन केटा र केटीहरूको सङ्ख्या बराबर जस्तो राखिन्छ । विद्यार्थीहरूको शैक्षिक उत्कृष्टता भर्ना परीक्षण र उनीहरूले आवेदनसँगै बुझाएको लेख–निबन्धद्वारा परीक्षण गरिन्छ । त्यसै गरी विद्यार्थीहरूको चुनौती सामना गर्ने तत्परता भर्ना अन्तर्वार्ताद्वारा हेरिन्छ । यदि विद्यार्थीमा शैक्षिक उत्कृष्टता छैन र चुनौती सामाना गर्न तयार हुँदैनन् भने त्यस्ता विद्यार्थीहरूका लागि आई.बी. कार्यक्रम लायक नहुन सक्छ ।

विद्यार्थीहरूको आई.बी. डिप्लोमा तहको कक्षा कहिलेबाट सुरु हुन्छ ?

हरेक वर्ष अगस्त महिनाबाट आई.बी. डिप्लोमा कार्यक्रमको कक्षा सुरु हुन्छ । तर सो कार्यक्रमको भर्ना भने अप्रिल–मे महिनामा गरी सक्नुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री