शुक्रबार, १३ असार २०८२

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, आज बोर्ड बैठकले मिति तय गर्ने

समयपोष्ट २०८२ असार १३ गते ९:५१

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।

आज बस्ने बोर्डको बैठकले नतिजा कहिले सार्वजनिक गर्ने भन्ने निर्णय गर्नेछ। बैठकको समय निश्चित नभए पनि आजै निर्णय हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

उनले भने, “नतिजा प्रकाशनको अन्तिम तयारीमा बोर्ड जुटेको छ। तर, बाहिर चर्चा भएजस्तो आजै ५ बजे नै नतिजा आउँछ भन्ने पक्का भएको छैन। बोर्ड बैठकले मिति तय गर्नेछ।”

यो वर्ष शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको थियो। सरकारले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि परीक्षण कार्य सुरु भएको हो।

Advertisement

यस वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी भएका थिए। गत वर्षको तुलनामा यो वर्ष ४९ हजार २८६ जना परीक्षार्थी बढी सहभागी भएका हुन्। गत वर्ष ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीले परीक्षा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री