सोमबार, ५ साउन २०८२

नेप्सेमा एभरेष्ट इन्स्योरेन्स र स्ट्याण्डर्ड चार्टर्ड सहित चार कम्पनीको बोनस सूचिकृत

समयपोष्ट २०७४ चैत १३ गते ५:१९

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा आज चार कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा मंगलबार स्ट्याण्डर्ड चार्टर्ड बैक,माछापुच्छ्रे बैंक, एनएमबि माइक्रोफाइनान्स तथा एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेका अनुसार स्ट्याण्डर्ड चार्टर्डको चार करोड ५७ हजार १५३ कित्ता, माछापुच्छ्रेको ६६ लाख ५१ हजार ४९० कित्ता, एभरेष्ट इन्स्योरेन्सको २ लाख २ हजार ५ सय र एनएमबि माइक्रोफाइनान्सको २ लाख ८१ हजार ७५० कित्ता बोनस सेयर सूचिकत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री