शुक्रबार, ४ जेठ २०८१

नेपाली बजारमा आउँदै फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट

समयपोष्ट २०७८ चैत १४ गते १३:२६

Advertisement

पछिल्लो समय अत्यधिक मात्रामा ग्राहकले रुचाएको फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ ।

टुनल्याण्ड इ प्लस गाडी केहि समय भित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले जानकारी दिएको हो ।

कुन स्पेसीफिकेसनको भन्ने विषयमा कम्पनीले अहिले धेरै कुरा खुलाएको छैन तर कम्पनीका सेल्स हेड नबिन आचार्यले भने “पावर,लुक्स र पफर्मेंसमा जब्बर गाडी अऊँछ, जसरि फोटोन टुनल्याण्डले चिनिया गाडी प्रति मानिसहरुले हेर्ने नजर परिवर्तन गरेको छ, यस विस्वासलाइ फोटोन कायम राख्ने छ ” कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त यन्जिनले १४८ हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३२० एनएम रहेको छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्क्रिस्ठ रहने कम्पनिले जनाएको छ ।

पावर,लुक्स र पफर्मेंसका कारण लोकप्रिय बन्दै गहिरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले वृद्धि गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री