शनिबार, ११ असार २०७९

जनयुद्धका घाइतेले तत्कालिन कमान्डर बादलसंग राखे यस्तो माग

समयपोष्ट २०७४ फागुन २५ गते १६:१८

जनयुद्धका घाइते योद्धा समाजले आफूहरूले राज्यबाट पाउनुपर्ने सुविधामा रहेको विभेद हटाउनुपर्ने माग गर्दै आज गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

Advertisement

उनीहरूले घाइतेको जीवन निर्वाहभत्ता समयानुकूल परिमार्जन गर्नुपर्ने, घाइते प्रतिशत निर्धारण पुनरावलोकन गरिनुपर्ने, घाइतेको व्यवस्थापनका लागि कार्यदल गठन गर्नुपर्नेलगायतका माग राखेका छन् ।

घाइतेको मापदण्ड निर्धारणका लागि अहिले रहेको कार्यविधि अपुरो रहेको भन्दै त्यसलाई सच्याउनुपर्नेमा प्रतिनिधिमण्डलले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

जवाफमा मन्त्री थापाले परिवर्तनका लागि लडेका घाइतेको व्यवस्थापनमा राज्य गम्भीर रहेको भन्दै यो विषयमा आवश्यक प्रक्रिया मन्त्रालयले अघि बढाउने बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री