सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्तीबाट

‘खल्ती’ बाट सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरुले भुक्तानी गर्न सक्ने भएका छन् । यसबारे दुई पक्षबीच समझदारी भएको छ ।

Advertisement

यस सुविधा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्बाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौं र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून्।’

भुक्तानी गर्न खल्ती’ एप लग–इन गरि ‘इन्स्योरेन्स’ आइकन मा ट्याप गर्नुपर्नेछ । त्यसपछि सिटिजन लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने र विवरण भर्नुपर्नेछ ।

त्यसपछि प्रोसिड टु पे” मा क्लिक गरेपछि भुक्तानी हुन्छ । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने अपेक्षा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री