बुधबार, २ जेठ २०८१

फोनपेको “झट्ट ट्रान्सफर चट्ट कार” योजनामा मोरङ्गका कमलले जिते कार

समयपोष्ट २०७८ चैत ४ गते २०:३०

Advertisement

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तरगत बम्पर उपहारमा मोरङ्गका कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) गाडी जित्नुभएको छ ।

उहाँले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्याण्ट्रो जित्न सफल हुनुभएको हो । उहाँलाई फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछ कुमार यादवले गाडीको साँचो हस्तान्तरण गर्नुभयो ।

फोनपेले अघिल्लो वर्षपनि यस्तै योजना सञ्चालन गरेको थियो । जसमा झापाका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल हुनुभएको थियो ।
यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन्् । यस योजनामा हरेक दिन एक जनाले आइफोन जित्न सकिन्थो ।

फोनपे मार्फत रु १० मा कुनैपनि व्यक्तिको मोबाईल नम्बर उल्लेख गरि रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा गइ सेण्ड मनि गरि फोनपे डाइरेक्ट मार्फत सहजै रकम पठाउन सकिन्छ ।

Advertisement

फोनपे पेमेन्ट सर्विस लिमिटेड लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख १५ हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करणड ४० लाख भन्दा धेरै मोबाई बैकिङ्ग प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री