शनिबार, ५ जेठ २०८१

एसयुभी सेग्मेन्टमा ‘प्रोटोन एक्स ५०’ नेपाली बजारमा

समयपोष्ट २०७८ फागुन २१ गते ११:२५

Advertisement

प्रोटोनका गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले कम्प्याक्ट एसयुभी प्रोटोन एक्स ५० गाडी नेपाली बजार भित्राएको छ ।

जगदम्बा मोटर्सले प्रोटोन एक्स ५० का चार संस्करणहरू ल्याएको जसमा १.५ लिटर टर्बोचार्ज्ड, थ्री-सिलिन्डर र शीर्ष फ्ल्यागशिप भेरियन्टमा टीजीडीआई (डायरेक्ट इन्जेक्सन) टर्बोचार्ज्ड थ्री-सिलिन्डर पेट्रोल रहेको कम्पनीले जनाएको छ।

टीजीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कलाई बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने बताइएको छ।

यतिखेर काठमाडौंको सडकहरूमा देखाइएको प्रोटोन एक्स ५० एसयुभीमा निर्माताको वेबसाइट अनुसार, उत्कृष्ट-इन-क्लास सुविधाहरू समावेश गरेको छ। जस्तै ६ एयरब्यागहरू, इबीएस र बीएसँग एबीएस, अटो हेडलाइट र वाइपरहरू, कीलेस एन्ट्री, अगाडि ढोका ह्यान्डलहरूमा टच सेन्सर छ।

Advertisement

साथै पुस-स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, स्वायत्त आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू लगायतका फिचरहरु यो गाडीमा छन्।

यसमा सेल्फ-पार्किङ प्रणाली छ, जसले गर्दा पार्किङ स्थलहरूमा सहज बनाउन मद्दत गर्छ। जगदम्बाले नेपालमा २०२० देखि प्रोटोनको सेडान प्रोटोन सागा र प्रिमियम एसयुभी प्रोटोन एक्स ७० गाडी बेच्दै आएको छ। एसयुभीमा नयाँ मोडलको नेपाली बजार मूल्य भने कम्पनीले सार्वाजनिक गरिसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री