शुक्रबार, ७ वैशाख २०८१

साझाको ‘सेमी लो फ्लोर’ बस भोलिबाट यि स्थानमा चल्ने

समयपोष्ट २०७४ फागुन २२ गते १४:५४

साझा यातायातले भोलीबाट काठमाडौं उपत्यकामा सेमी लो फ्लोर बस संचालन गर्ने भएको छ । बुधबारबाट सञ्चालनमा आउँने बस पाटन अस्पताल लगनखेलदेखि गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीसम्म बस संचालन हुनेछ।

Advertisement

अल्का, निदान, प्रसुती गृह, नर्भिक, त्रिपुरेश्वर आँखा अस्पताल, बीर, कान्ति बाल, टिचिङ लगायतका अस्पतललाई मध्यनजर गर्दै बसको रुट तय भएको छ।

लगनखेल, त्रिपुरेश्वर, शहीदगेट, लाजिम्पाट, नारायणगोपालचोक हुँदै बस बाँसबारीसम्म पुग्नेछ । फर्कँदा पनि सोही रुट हुँदै लगनखेलसम्म पुग्नेछ ।

साझाका अनुसार बस अपांगमैत्री भएकाले अस्पतालहरुलाई लक्षित गर्दै रुट तय गरिएको हो। त्यस्तै यो रुटको सडक पनि केही सहज देखिएकाले बसलाई उपयुक्त रहेको साझाले जनाएको छ।

‘यो बस मुख्यतः अपाङ्गमैत्री छ। अरु गाडीमा उक्लिनको लागि २–३ स्टेप चढ्नु पर्नेमा यो गाडीमा एक स्टेप मात्र छ । आवश्यकता अनुसार त्यो स्टेपलाई पनि फोल्ड गरी सतह बनाएर ‘ह्विल चियर’ सजिलै छिराउन सकिन्छ। १२ मिटर लम्बाइ रहेको यो गाडी अरु भन्दा ठूलो रहेकोले एकै पटक धेरै जनाले यात्रा गर्न सक्छन् ।

ड्राईभर सहित ४१ सिट क्षमताको यस सेमी लो फ्लोर बसको सिट पनि पहिलेको भन्दा फरक र ‘प्यासेन्जर फ्रेन्डली’ छ। यो गाडीको अर्को मूख्य विशेषता भनेको ‘ड्राइभर एनाउन्समेन्ट’ सिस्टम हो। यसले गर्दा ड्राइभरले प्यासेन्जरलाई गाडी कहाँ पुग्यो भन्ने कुरा जानकारी दिन्छ।

अन्य साझामा भएका क्यामरा, डिस्प्ले, लगायतका सुविधा यसमा पनि छन्। यो बस गियररहित भएकोले ड्राईभरलाइ ट्राफिकमा सजिलो हुने साझाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री