मंगलबार, ११ वैशाख २०८१

यसकारण खुल्दै २० अर्बको बै‌ंक

समयपोष्ट २०७४ फागुन २२ गते १:३३

मुलुकमा अबको तीन महिनाभित्र हालसम्मकै ठूलो बैंक स्थापना हुने भएको छ ।

Advertisement

आजको अन्नपूर्ण पोस्टमा खबर छ, देशमा ठूला आयोजनामा लगानी गर्न नेपाल पूर्वाधार विकास बैंक’ चालु आर्थिक वर्षभित्रै स्थापना गर्न लागिएको हो ।

मन्त्रिपरिषद्ले २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंक स्थापना गर्न गत आवको फागुनमा निर्णय गरेको थियो । बैंक स्थापना गर्न २० प्रतिशत पुँजी राष्ट्र बैंकलाई बुझाइसकेको अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीले जानकारी दिए ।

करिब डेढ महिनाअघि बैंक स्थापनाका लागि २० प्रतिशत रकम राष्ट्र बैंकलाई बुझाएको उनले बताए । ‘ठूला आयोजनामा लगानी गर्न चालू आर्थिक वर्षभित्रै पूर्वाधार विकास बैंक स्थापना हुन्छ’, उनले भने। पूर्वाधार विकास बैंकलाई सैद्धान्तिक सहमति दिन अझै ६ महिना लाग्ने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए ।

ठूला आयोजनामा लगानी गर्न ठूलो बैंकको आवश्यकता महसुस गरी मुलुककै ठूलो बैंक अवधारणा अघि बढेको हो ।

गत आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत पूर्वाधार विकास विकास बैंक स्थापना गर्ने उल्लेख गरिएको थियो ।

चालू आवको बजेटमा पनि सरकारले आर्थिक वर्षभित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री