शुक्रबार, ७ वैशाख २०८१

माछापुच्छ्रेको कामु प्रमुख कार्यकारीमा अर्जुन थापा

समयपोष्ट २०७४ फागुन १९ गते ६:०३

माछापुच्छ्रे बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतबाट निरजकुमार श्रेष्ठले दिएको राजिनामा स्वीकृत गरेको छ।

Advertisement

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले राजिनामा स्वीकृत गरेको हो।

राजिनामा फागुन २३ गतेबाट लागू हुने गरि स्वीकृत गरिएको बैंकले वज्ञप्तिमा उल्लेख गरेको छ।

बैंकले नयाँ प्रमुख कार्यकारी छिट्टै नियुक्त गरिने जनाएको छ। त्यतिन्जेललाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी नायव महाप्रबन्धक अर्जुन थापालाई दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री