शुक्रबार, १४ वैशाख २०८१

कृषि विकास बैंकद्वारा कृषक समुहलाई कृषि सामग्रि हस्तान्तरण

समयपोष्ट २०७४ फागुन १७ गते ५:३१

कृषि विकास बैंक डडेलधुरा उप¬शाखाले सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषक समुहलाई कृर्षि सामग्रि हस्तान्तरण गरेको छ ।

Advertisement

बैकद्धारा आयोजिक एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृति लिला प्रकास सिटौलाले कषि क्षेत्र अन्र्तगत तरकारी उत्पादनमा कृयाशिल बकण्डे ताजा तरकारी समुह ,पशुपालन क्षेत्रमा सकृय रामेश्वर पशुपालन समुह र उग्रतारादेवी पशुपालन कृषि सहकारी संस्थालाई कृषि सामग्रि हस्तान्तरण गरेका हुन् ।

उनले सिसिलामा बकण्डे ताजा तरकारी समूहलाई १५ ओटा क्रेट र १५ ओटा पानि झारी , रामेश्वर पशुपालन समुहलाई २ ओटा ग्रास चोपर मेसिन र उग्रतारा देवि कृषि सहकारी संस्थालाई ४ ओटा ग्रास चोपर मेसिन हस्तान्तरण गरे ।

प्रमुख कार्यकारी अधिकृत लिला प्रकास सिटौलाले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गरे ।

उनले ५१ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धी का लागि स्थापीत कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए ।

नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनिहरुको क्षमता बृद्धि का लागि बिभिन्न बित्तिय साक्षरता एबम् तालिमहरु समेत प्रदान गर्दै आईरहेको समेत बताए ।

कृषकहरुको बैंक भएकाले कृषकहरुकै मायाले बैंक मुलुकको सबैभन्दा शिषस्र्थ र अग्रणी बैंक बन्न सफल भएको जिकीर गर्दै उनले किसानहरुलाई अझ बढि कृषि बिकास बैंक संग कारोवार गर्न समेत आग्रह गरे ।

कृषि विकास बैंक लिमिटेडका उपमहाप्रवन्धक शेषरमण आचार्यले द्वन्दकालमा बिस्थापीत शाखाहरु प्ुानरस्थापना गर्ने कार्य भईरहेको बताउदै उनले डडेल्धुराको भित्रि मधेशक्षेत्र जोगबुढा मा बैंकको शाखा खोल्न प्रवन्धक नियुक्त गरेर कार्यक्षेत्रमा पठाईसकेको समेत बताए ।

उनले कृषकहरुलाई बैकबाट लिएको क्रण सही रुपमा सदुपयोग गरी आयआर्जन मा बृद्धि गराउदै समयमै कर्जा चुक्ता गर्न समेत कृषकहरुलाई आग्रह गरे । कार्यक्रममा कृषि विकास बैंक लिमिटेड का प्रवक्ता हिमलाल पौडेलको समेत उपस्थिती रहेको थियो ।

कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका निर्देशक धु्रवचन्द्र गौतमले बैंकले सुदुरपश्चिम क्षेत्रमा किसानहरुको आर्थिक सम्बृद्धीका लागि सहुलियत दरमा कृषि कर्जा लगानी गर्दै आईरहेको तथा बाली बिमा, पशु बिमा जस्ता कार्य समेत सञ्चालन गर्दै आईरहेको बताउदै उनले सो कार्य निरन्तरता दिने समेत बताए ।

कार्यक्रममा कृषि विकास बैंक लिमिटेड डडेल्धुराका प्रवन्धक चक्रविर भण्डारीले स्वागत मन्तव्य राख्दै जिल्लामा व्यवसायीक कृषि विकासका लागि किसानहरुलाई सहुलियत दरमा कृषि कर्जा लगानी गर्दै आईरहेको तथा किसानहरुको सम्बृद्धी ,स्थायीत्व एवम् सुरक्षा का लागि बालि बिमा ,पशु बिमा जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको समेत बताए ।

उनले डडेल्धुरा बैंकिङ्ग कार्यालयले कुल ग्राहक मध्ये ३७ प्रतिशत कृषि क्षेत्रमा संलग्न ग्राहकहरुलाई कर्जा लगानी गरेको समेत जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री