बिहीबार, २० वैशाख २०८१

ग्लोबल आइएमई बैंकको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँ

समयपोष्ट २०८१ वैशाख ७ गते ९:४२

Advertisement

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। तर, बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३५.५९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १३.७४ प्रतिशत बढेको छ।

बैंकको निष्क्रिय कर्जा ३.९६ प्रतिशतबाट बढेर ४.७४ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा दुबै घट्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ८८ पैसा घटेर १२ रुपैयाँ २० पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९२ पैसा रहेको छ।

Advertisement

३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ४ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री