शनिबार, ८ वैशाख २०८१

तीन कम्पनीको शेयरमूल्य समायोजन

समयपोष्ट २०७७ चैत १७ गते १३:२४

Advertisement

नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। मंगलबार नेपाल इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७८१ रुपैयाँ तोकिएको छ।

त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको यस दिन ३.८ प्रतिशत बोनस शेयर समायोजना भएको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य १६९ रुपैयाँ निर्धारण भएको छ।

नेप्सेले मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १६४२ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री