बिहीबार, १३ वैशाख २०८१

माइती नेपालका १५ बाल-बालिकालाई महात्मा गान्धी छात्रवृत्ति

समयपोष्ट २०७७ चैत १४ गते १९:०९

Advertisement

भारत सरकारले हरेक बर्ष नेपाली बिद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको महात्मा गान्धी छात्रवृत्ति माइती नेपाल संस्थाका बाल-बालिकाले पनि प्राप्त गरेका छन् । नेपालस्थित भारतीय राजदुतावासद्धारा राजधानीको बुढानिलकण्ठमा आयोजित एक कार्यक्रमकाबिच संस्थाका १५ बाल-बालिकालाई महात्मा गान्धी छात्रवृत्ति प्रदान गरिएको जानकारी दिईएको हो ।

शनिबार दुतावासले मानव बेच बिखन साथै महिला तथा बालबालिकामाथि हुँने सबै किसिमको हिंसाको अन्त्यको लागि शिवपुरी राष्ट्रिय निकुञ्जमा महिलाहरुको लागि हाइकिंग्को आयोजना गरेको थियो । जसमा माइती नेपालका साथै विभिन्न संस्थाका महिलाहरुले सहभागिता जनाएका थिए ।

माइती नेपाल संस्था मानव बेचविखन, शोषण तथा बालश्रमको अन्त्यका लागि सन् १९९३ देखि निरन्तर काम गर्दै आईरहेको छ । यस संस्था शोषित, पीडित महिला र बेचविखनको जोखिममा रहेका बालबालिका एवं महिलाहरूलाई उद्धार गरी उनीहरूको शिक्षा,समाजिक जागरण एवं जनचेतनमूलक अभियान सञ्चालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री