बिहीबार, १३ वैशाख २०८१

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७७ फागुन २१ गते १९:४२

Advertisement

महालक्ष्मी विकास बैंक लिले लाभांश घोषणा गरेको छ ।

बैंकको बिहीबार बसेको ४७८ औ बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.८० प्रतिसत्का दरले बोनस सेयर तथा ०.४६ प्रतिसत् नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको, तथा ३४ वटा एटिएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि.को ५ लाख भन्दा बढी ग्राहक संख्या रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री