शुक्रबार, १४ वैशाख २०८१

एनआईबिएल एस क्यापिटलद्धारा नि:शुल्क घरदैलो डिम्याट खाता अभियान सम्पन्न

समयपोष्ट २०७७ फागुन २१ गते १८:५७

Advertisement

एनआईबिएल एस क्यापिटल लिमिटेडले नि:शुल्क घरदैलो डिम्याट खाता अभियान सम्पन्न गरेको छ ।

नेपाल धितोपत्र बोर्डको अभियान “एक नेपाली एक डिम्याट खाता” अन्तर्गत क्यापिटलले ललितपुरको घुसेल बागमती गाउँपालिका वडा नं १ मा बिहीबार उक्त अभियान सम्पन्न गरेको हो ।

क्यापिटलले प्रत्येक नेपालीको पूँजी बजारमा सहभागिता होस भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको जनाएको छ । यस अभियानमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकोे लगनखेल शाखाको समेत संलग्नता रहेको थियो ।

क्यापिटलले ग्राहकबर्गको सुविधालाई मध्यनजर गर्दै बिहानी काउन्टर विहान ८ बजे देखि ९ः३० बजे सम्म संचालन गर्दै आइरहेको छ भने गत पुस १ गते देखी सिमित अवधिको लागि निशुल्क डिम्याट तथा मेरो शेयर खोल्ने सुविधा समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री