शुक्रबार, १४ वैशाख २०८१

कति बर्षकी भईन् श्रद्धा ?

समयपोष्ट २०७७ फागुन १९ गते १९:१७

Advertisement

बलिउड अभिनेत्री श्रद्धा कपुरको आज जन्मदिन ।

छोटो समयमा बलिउडमा राम्रो पहिचान बनाएर लाखौं मानिसको दिलको धड्कन बन्न सफल उनी आज आफ्नो ३४ औं जन्मदिन मनाउँदैछिन् ।

श्रद्धाले फिल्म करियरको सुरुवात सन् २०१० को फिल्म ‘३ पति’ बाट गरेकी थिइन् । उनको यो फिल्म फ्लप भएको थियो । त्यसपछि उनले फिल्म ‘लवका द इन्ड’ अभिनय गरिन् । फिल्ममा उनले टीन एजरको भूमिका निर्वाह गरेकी थिइन् । उनको अभिनयले प्रशंसा समेत पाएको थियो ।

श्रद्धा २०१३ मा मोहित सुरीको फिल्म ‘आशिकी २’मा पनि देखिएकी थिइन् । यो फिल्मको भूमिकाबाट उनी रातारात स्टार बनिन् । यस फिल्मको गीत समेत सुपरहिट साबित भएका थिए । श्रद्धा ‘एक विलेन’, ‘ओके जानु’, ‘हाफ गल्फ्रेण्ड’, ‘बागी’ जस्ता फिल्मका अभिनेत्री पनि हुन् । श्रद्धा अभिनेत्रीको अलवा राम्रो डान्सर पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री