मंगलबार, ६ साउन २०८२

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पस्र्याङ्गमा

समयपोष्ट २०७५ फागुन १३ गते १८:२७


एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका वडा नं ५, पस्र्याङ्ग स्थित पस्र्याङ्ग शाखाको समुद्घाटन सु–सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सीले भव्य समारोहका बिच शाखाको सोमवार समुद्घाटन गरेका हुन् । नगर प्रमुख जिसीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको भन्दै बैंकको प्रशंसा गरे ।

बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री