रामेछापमा जनता बैंकको निःशुल्क स्वास्थ्य शिविर
जनता बैंक नेपाल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रामेछापको दोरम्बा गाउँपालिकामा आँखा परिक्षण तथा मोतिबिन्दुको शल्यक्रिया र क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम रोज फाउण्डेसन र नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको थियो ।
उक्त स्वास्थ्य शिविरहरुमा १ हजार भन्दा बढीकोे स्वास्थ्य परिक्षण गरिएको थियो । जस मध्ये ५७ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो ।
स्त्री रोग सम्बन्धी उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ । बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया