सोमबार, ७ जेठ २०८१

राजधानीमा सुरु भयो ‘महिन्द्रा उदय’, आजै ६ नयाँ गाडी अनावरण

समयपोष्ट २०७५ फागुन १० गते १८:३२

Advertisement

 

भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले  नेपालमै पहिलो पटक बृहद एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ को शुभारम्भ गरेको छ ।

शुक्रबारबाट राजधानीको भृकेटीमण्डपमा सुरु भएको उक्त प्रदर्शनीको नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष भवानी राणाले समुद्घाटन गरिन् ।

कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको बिभिन्न ३० भन्दा बढी मोडलका उत्पादनहरुलाई  प्रदर्शनीमा राखिएको छ ।

Advertisement

६ नयाँ गाडी अनावरण

महिन्द्राले आजै ६ वटा नयाँ गाडिहरुको पनि नेपाली बजारमा अनावरण गरेको छ ।

महिन्द्राको बहुप्रतिक्षीत एसयुभी एक्सयुभी ३००, नयाँ एमपीभी मराजो, महिन्द्राको नयाँ ट्रयाक्टर जीभो २४५ र यूभो ४१५ तथा मन्द्रिाको हेवी कमर्शियल भेहिकलहरु फ्यूरीयो तथा ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी ७५ को पनि सार्वजनिक गरेको हो ।

महिन्द्राका उत्पादन नेपाली बजारमा आजभन्दा करिब २७ वर्ष अगाडिदेखि बिक्री वितरण हुँदै आईरहेको छ । महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले संयुक्तरुपमा यो लाइफस्टाइल एण्ड अटो शो आयोजना गरेको हो ।

आकर्षक डिजाइन, उत्कृष्ट पर्फर्मेन्स र विशेषताका एसयूभी निर्माणका लागि चर्चित कम्पनीले आफ्ना सबै उत्पादनलाई उक्त मेलामा राख्ने छ । एसयूभी, इलेक्ट्रीक सवारी, दुईपाङ्ग्रे सवारी, हेभी इक्युपमेन्ट, कृषिमा प्रयोग हुने उपकरण, कमर्शियल प्रयोगमा आउने सवारीसाधनका साथै महिन्द्राका सबै उत्पादनलाई यस महिन्द्रा उदयमा देख्न सकिने छ ।

यो प्रदर्शनीमा अटो शोका साथै विभीन्न कलाकारहरुको लाइभ प्रफर्मेन्सको आनन्द लिनुका साथै विभीन्न स्वादका खानाहरुको पनि मजा लिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री