डेजाभु क्लबका तीन सञ्चालक समातिए

दरबारमार्ग स्थित डेजाभु क्लबका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सञ्चालक प्रवेश श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शिलाकारलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

उनीहरू विरुद्ध परिसरमा साढे २ करोड रुपैयाँ ठगी गरेको उजुरी दर्ता भएपछि पक्राउ गरिएको हो । २०७४ मंसिर २८ गते अन्तर्राष्ट्रिय डिजे ‘मार्समेलो’ आउने भनेर क्लबले केही समयदेखि टिकट बिक्री गरे पनि मार्समेलो नआएको कारणले आक्रोशित समूहले तोडफोड गरेका थिए।

टिकट बिक्री गरेर ठगी गरेको भन्दै प्रहरीले क्लब संचालक समेतलाई पक्राउ गरेको थियो। त्यसपछि क्लब केही समय बन्द थियो।

क्लबका सञ्चालक मनोज श्रेष्ठविरुद्ध पनि प्रहरीमा केही समय अगाडि उजुरी परेको थियाे । श्रेष्ठको विरुद्धमा नेपाल प्रहरीले डिफ्युजन नोटिस समेत जारी गरेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री