आइतबार, ६ जेठ २०८१

“तेह्रौं टोयोटा ड्रिम कार कन्टेस्ट“ उत्कृष्ट ३ लाई जापान जाने अवसर

समयपोष्ट २०७५ माघ २३ गते २०:१८

Advertisement

विश्व प्रशिद्ध सवारी उत्पादक टोयोटाको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले “टोयोटा ड्रिम कार कन्टेस्ट–राष्ट्रिय कन्टेस्ट“ पुरस्कार समारोहको आयोजना गरेको छ ।

भोइथ कम्प्लेक्समा हुन गई रहेको सो समारोहमा श्रेणीगत रुपमा उपहार र पुरस्कार वितरण र हस्तान्तरण गर्ने गरिने छ । यही नोभेम्बर २०१८ देखि फेब्रुअरी २०१९ सम्म संचालित सो प्रतियोगितामा ९ सय भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रवेश भएका सहभागीहरु मध्य, हरेक चरणका ३ उत्कृष्ट बिजेताहरुलाइ छनौट गरि जापानमा हुन गइ रहेको विश्व प्रतियोगितामा सहभागि गराइने भएको छ । प्रतियोगिताले विश्वव्यापी रुपमा हरेक उमेरका बालबालिकाहरुको कला र प्रतिभालाइ चित्रण गरि भबिष्यको सवारी उत्पादनमा नयाँ स्वरुप दिन सकिने हिसाबले सो प्रतियोगिताको आयोजना गरिएको हो ।

‘एभ्री ग्रेट आइडिया वाज बोर्न इन दि ग्लिमर अफ अ ड्रिम’ भन्ने यस मूल मन्त्रलाई आत्मसाथ गरि टोयोटाले आफ्नो हरेक उत्पादनलाई नयाँ उचाइ तर्फ लग्ने बताएको छ । सन् २००४ देखि थालनी गरिएको यस प्रतियोगिताले हाल २०१८ सम्म करिब ७६ देशहरुबाट अनुमानित ६५ हजार भन्दा धेरैलाइ रुचिपूर्ण ढंगले संचालन गर्न सफल रहदै आएको कम्पनीले बताएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री