मंगलबार, ११ कार्तिक २०८२

प्रभु लाइफ इन्स्योरेन्सको तीन नयाँ शाखा संचालनमा

समयपोष्ट २०७५ माघ २३ गते १७:४२

Advertisement

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तीन नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले नेपालगञ्ज शाखा, घोराही शाखा तथा बुटवल शाखा संचालनमा ल्याएको हो ।

तीनवटै शाखा कार्यालयको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरले गरेका छन् । शाखा कार्यालयको उद्घाटन गर्दै घिमिरले पश्चिम नेपालका बिभिन्न स्थानहरुमा भएका शाखा बिस्तारबाट आफू हर्षित भएको उल्लेख गरे । उनले उक्त क्षेत्रका बासिन्दाहरुलाई इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह समेत गरे ।

कार्यक्रममा कम्पनीका नि. प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्देश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । आगामी दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने जानकारी गराए ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री