मंगलबार, ६ साउन २०८२

आशा लघुवित्तको आइपिओमा ९.६३ गुणा बढी आवेदन

समयपोष्ट २०७५ माघ २१ गते ११:०६

आशा लघुवित्त वित्तीय संस्थाको आइपिओमा ९.६३ गुणा बढी आवेदन परेको छ । कम्पनीले १८ गतेदेखि ६ करोड ३० लाखको साधारण सेयर जारी गरेको हो । जसमा माघ २० गते आइतबार बेलुकासम्ममा ६० करोड ६६ लाख २८ हजार रुपैयाँ बराबरको सेयर माग भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार निष्काशनको दुई दिनमा नै एक लाख ६३ हजार आवेदनबाट ६० लाख ६६ हजार २८० कित्ता सेयरको लागि आवेदन परेको छ ।

कम्पनीले शुक्रबारदेखि कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन गरेकोमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका इकाईहरुका लागि छुट्टाइएको छ । ६ लाख २९ हजार ९३० कित्ता शेयरका लागि सर्वसाधारणले माघ २२ गते मंगलबारसम्म आवेदन गर्न सक्नेछन् ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सक्नेछन् भने मेरो सेयर प्रयोगकर्ताले उक्त सफ्टवेयर मार्फत माघ २२ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री