बिहीबार, १३ वैशाख २०८१

नेपालको सम्वृद्धिका लागि वान बेल्ट वान रोड परियोजना महत्वपूर्ण छ : प्रधानमन्त्री

समयपोष्ट २०७३ फागुन १५ गते ७:३१

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको विकास र सम्वृद्धिका लागि वान बेल्ट वान रोड परियोजना धेरै महत्वपूर्ण रहेको बताएका छन् । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओबिओआर अन्तराष्ट्रिय प्लेटफर्मको ४१ सदस्यीय प्रतिनिधि मण्डलसंगको भेटमा दाहालले सो कुरा बताएका हुन् । 

Advertisement

भेटमा दाहालले चीनले अघि सारेको वान वेल्ट वान रोड परियोजना अन्तर्गतको ओबिओआर अन्तराष्ट्रिय प्लेट फर्मका ४१ सदस्यीय प्रतिनिधि मण्डलको पहलप्रति हार्दिक सह्हाना समेत ब्यक्त गरे ।  

प्रधानमन्त्रीसंगको भेटमा प्रतिनिधि मण्डलले दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाललाई चीनले धेरै महत्व दिएको र नेपालको पूर्वाधार निर्माण, उर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा सघाउन आफूहरु इच्छुक रहेको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री