शुक्रबार, १६ चैत २०८०

युनाइटेड मोदी हाइड्रोपावरको आइपिओ निश्कासन,न्युनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्म आवेदन गर्न सकिने

समयपोष्ट २०७३ फागुन १० गते ६:०१

 युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले  १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता  आइपिओ निष्कासन गरेको छ । कम्पनीले १७ लाख २५ हजार कित्तामध्ये ३४ हजार ५०० कित्ता कर्मचारी र ८६ हजार २५० कित्ता सामूहिक लगानी कोषको लागि आरक्षित गरेको छ । लगानीकर्ताले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यको न्युनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् । कम्पनीको शेयर निस्कासन तथा बिक्री प्रबन्धकमा  एनआइबिएल क्यापिटल रहेको छ ।   फागुन  १९  बाट बिक्री खुला गरि छिटोमा यही महिनाको २३ गते र ढिलोमा चैत ३ मा बन्द हुँने कम्पनीले  जनाएको छ । कम्पनीको शेयरमा एनआइबिएल क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट, सिबिआईएल क्यापिटल, काठमाडौँ क्यापिटल, भिबोर क्यापिटल, गोर्खाज फाइनान्सका शाखाहरु, आइसिएफसी फाइनान्सका शाखाहरु, सिनर्जी फाइनान्सका शाखाहरु, हाम्रो विकास बैंक नुवाकोट, ग्रीन डेभलपमेन्छ बैंक बाग्लुङ र साझा विकास बैंकका शाखा मार्फत आवेदन दिन सकिनेछ । त्यस बाहेक आस्वा स्वीेकृति लिएका बैंकमा खाता हुनेले आस्वा प्रणाली मार्फत लगानी गर्न सक्ने समेत जनाइएको छ। 

Advertisement

कम्पनीले पर्वतको कुश्मा नगरपालिकास्थित मोदी खोलामा निर्माण गरेको १० मेगावाटको तल्लो मोदी-१ परियोजना २०६९ सालमै निर्माण पूरा गरी हाल बिजुली उत्पादन गरिरहेको छ । अहिले तल्लो मोदी-१ को ‘क्यासकेट  प्रोजेक्ट’को रुपमा कम्पनीले साढे १० मेगावाटको तल्लो मोदी-२ को निर्माण प्रक्रिया अघि बढाएको छ । कम्पनीले यसअघि नै उक्त परियोजना बनाउने सोचसहित कर्मचारी आवास, पहुँच मार्ग, इन्टेक एवं १३२ केभी प्रशारण लाइन समेत पूरा गरिसकेको जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री