शुक्रबार, १४ वैशाख २०८१

बैंकरहरु भन्छन् : आक्रामक रुपमा कर्जा विस्तार गर्नु गल्ति भयो

समयपोष्ट २०७३ माघ २७ गते ५:५९

बैंकरहरुले आक्रमक रुपमा कर्जा विस्तार गरेर गल्ति गरेको स्विकारेका छन् । बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले वालुवाटार कार्यालयमा चार वटै वर्गका वित्तीय संस्थाका अध्यक्षहरुलाई डाकेर लिएको क्लासमा बैंकरहरुले गल्ति स्विकारेका हुन् । गभर्नरले कर्जा-पूँजी-निक्षेप अनुपातको सीमा ८० बाट ८५ नपुर्याउने स्पष्ट पार्दै शक्ति केन्द्र धाएर दवाव नदिन भनेका थिए। बैंकहरुले गभर्नरको लामो क्सालपछि राष्ट्र बैंकले भनेका सबै कुरा मान्ने बताए । क्लासमा गभर्नरले ब्याज दर बृद्धिदेखि ओभरड्राफ्ट, गाडी कर्जासम्म कडाइ गर्ने बताए । क्लासमा बाणिज्य बैकहरुको छाता संगठन बैंकर्स संघका अध्यक्ष अनिल शाहले अस्तिका दिन संसदीय समितिमा वित्तीय क्षेत्रको तर्फबाट 'डिफेन्स' गरिदिएकोमा गभर्नरलाई धन्यवाद दिए । गभर्नरको क्लासमा विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछाने, फाइनान्स कम्पनी संघबाट सरोजकाजी तुलाधर , राष्ट्र बैकबाट गभर्नरसहित  डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, नियमन, सुपरिभिजन र अनुसन्धान विभागका कार्यकारी निर्देशक लगायतको उपस्थिती रहेको थियो ।  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री