शुक्रबार, १४ वैशाख २०८१

‘सहजै रूपमा २ अर्ब ५० करोड पुँजी पुर्याउन सक्छौं’

समयपोष्ट २०७३ माघ १९ गते ८:०४

ज्योति विकास बैंकको अहिलेको वित्तिय अवस्था कस्तो छ ?

Advertisement

अहिले हामी कार्यकालको हिसाबले नवौं वर्षमा हिँडिरहेका छौं। यतिबेलासम्म हाम्रो समकालीनहरूमा हेर्ने हो भने बिजनेसको साइज त्यति राम्रो ग्रो भएको अवस्था थिएन । तर, हाल आएर हामीले यो आर्थिक वर्षबाट हाम्रो प्रथम त्रैमासिकको वित्तिय विवरण हेर्ने हो भने नाफामा हामीले लगभग डेढ सय प्रतिशतभन्दा बढीको ग्रोथ लिएका छौं । त्यस्तै बिजनेसमा पनि साह्रै राम्रो ग्रोथ लिएर गएका छौं । अब दोस्रो त्रैमासिकको रिजल्टको पनि अन्तिममा छौं। यसमा पनि लगभग गत वर्षको पूरा वर्षभरीको नाफाको हाराहारीमा ६ महिनामै अचिभ गर्ने गरेर लिएर बडिरहेकाछौं। बिजनेस ग्रोथको हिसाबले हेरेर जाने हो भने हामीले यो वर्षमा मात्रै लगभग छ महिनामै ४० प्रतिशत पल्सको बिजनेस ग्रोथ लिएर गइसकेका छौं। क्यापिटलको वृद्धि सँगसँगै बिजनेस ग्रोथ गरेर जानुपर्ने । प्रोफिट्याबिलिटी पनि मेन्टेन गर्नुपर्ने हिसाबले लिएर गइरहेको अवस्था छ । समग्र रूपमा यति वित्तिय विवरणहरूलाई विश्लेषण गर्ने हो भने हाम्रो प्रोफिट्याबिलिटी र ग्रोथ ट्रेनको हिसाबले विगतका वर्षहरू त्यति सन्तोषजनक नभए पनि यो वर्षबाट जुन हाम्रो सम्पूर्ण सूचकांकहरू छन्, त्यो अत्यन्त राम्रा छन् । अलिकति प्रथम त्रैमासिक हेर्यो भने नन्पर्फमिङ लोन अलिकति बढेको देखिन्छ । १.५३ बाट बढेर २.३ को हाराहारी भयो । त्यो चीजहरू पनि यो दोस्रो त्रैमासिकमा म्यानेज गरेर एनपिओको लेबल पनि म्यानेज गरेर जान्छौं। यसरी हेरेर व्यवसायको वृद्धि, आम्दानीमा मुनाफा र क्वालिटी यो सबै चीजहरूमा हामी पहिलेभन्दा साह्रै राम्रोसँग वृद्धि गरेर गइरहेका छौं।

manoj 2

लगानीको हिसाबमा कुनै त्यस्तो क्षेत्रलाई स्पेसिफिक रूपमा टार्गेट गरेर जानुभएको छ ?

लगानीको हिसाबमा कुरा गर्दा हामी लघुवित्तमा अलिकति लगानी गर्ने नभए हाइड्रोमा गने भन्र्ने हिसाबले त्यतिबेला ज्योति विकास बैंक स्थापना एनइएको सम्पूर्ण कर्मचारी साथीहरू मिलेर यसलाई प्रमोट गरेको अवस्था देखिन्छ । समय बित्दै जाँदा अहिले हामीले एउटा मात्र सेक्टरमा फोकस गरेर एउटा राष्ट्रिय लेबलको विकास बैंकले गर्नुपर्ने सम्पूर्ण दायरामा चाहे त्यो बिजनेसको क्षेत्रमा होस् या हाइड्रोको क्षेत्रमा या इन्फास्ट्रक्चर डिभलपमेन्टको क्षेत्रमा होस्, चाहे कन्जुमर लेन्डिङमा होस् हामीले हरेक सेक्टरमा त्यो कम्पिटेन्सी विकास गरेर एउटा राष्ट्रियस्तरको विकास बैंकले सम्हाल्नुपर्ने दायरा हरेक क्षेत्रमा समातेर अगाडि बढिरहेको अवस्था छ । स्पेसिफिक भएर कुनै एउटा क्षेत्र समातेर भन्दा पनि सम्पूर्ण क्षेत्रहरूलाई राष्ट्र बैंकको नीति निर्देशनअन्तर्गतमा रही जान सक्ने दायरा र सीमाभित्र रही देश विकासमा एउटा वित्तिय क्षेत्रले गर्न सक्ने क्षेत्र सबै लिएर गएका छौं । 

अहिलेको साधारणसभाबाट बोनस सेयर र हकप्रद दिने प्रस्ताव पारित गर्नुभयो, त्यसपछि तपाईंहरूको पुँजी कति बाँकी रहन्छ र कसरी वृद्धि गर्दै हुनुहुन्छ ?

मर्जरको कुरा गर्दा हामी झिम्रुक विकास बैंक र ज्योति विकास बैंक मर्ज भएर आयौं । यसरी मर्ज भएर गए पनि आजको अवस्थामा हाम्रो पुँजी एक अर्ब नाघिसकेको अवस्था छैन । हामीले साढे दुई अर्ब पुर्याउनुपर्नेमा एक अर्ब पनि ननाघेको अवस्था छ । अहिलेको हाम्रो साधारणसभाबाट ११.७ प्रतिशतको बोनस सेयर दिँदै छौं । यो ११.७ को बोनस सेयर बाँडिसकेपछि हाम्रो पुँजी एक अर्ब दस करोडभन्दा माथि जान्छ । त्यससँगसँगै यही एजिएमबाट हामीले १ः१ को हकप्रद अनाउन्स गरेका छौं। त्यो हिसाबले जाँदा हाम्रो पुँजी २अर्ब एक्काइस करोडको हाराहारी पुग्छ । २ अर्ब २१ करोड/२२ करोड रुपैयाँ पुगिसकेपछि हामी यो वर्षको प्रोफिट्याबिलिटीमा पनि निकै आशावादी छौ । यो वर्षको नाफाबाट २० प्रतिशत जनरल रिजर्भमा ट्रान्सफर गरिसक्यो भने पनि केही नभए पनि २० करोडको हाराहारी हामी क्यापिटलाइज्ड गर्ने बोनस सेयर जारी गर्छौ । त्यो गर्यो भने दुई अर्ब एक्चालीस बयालीस करोड हुन्छ । यसरी जाँदा हाम्रो सामान्य हिसाब अहिले हेर्दा हामी आठदेखि दस करोडको मात्रै सर्ट हुन्छौं। त्यो आठदेखि दस करोड सर्ट गर्ने प्लानमा पनि हामी विभिन्न बैंक तथा वित्तिय संस्था, हाम्रो रिजनल लेभलको बैंक वित्तिय संस्थाहरूसँग नेगोसियट गरिरहेका छौं । अहिले पनि तीन/चारवटा विकास बैंकहरूसँग हामी कुरा गरिरहेका छौं। त्यो म्याटरलाइज्ड भयो भने कुनै एउटा दसदेखि पन्ध्र करोडको संस्था आयो भने पनि हामी सहजै रूपमा दुई अर्ब पचास करोडको पुँजी पुर्याउन सक्ने अवस्थामा पुग्छौं। 

manoj gawali 1

ज्योति विकास बैंकले यस वर्ष नयाँ योजनाहरू केही ल्याउँदै छ ?

हामीले क्यापिटलको ग्रोथसँगसँगै शाखा विस्तार गर्दै जानुपर्ने हुन्छ । हामीले बिजनेस साइज त पुर्याउनुपर्यो । त्यसका लागि अहिले यो अवस्थामा राष्ट्र बैंकबाट पाँचवटा शाखा थप वृद्धि गर्नका लागि स्वीकृति लिइसकेका छौं । जसमध्ये धनगढी, सुर्खेत, दाङमा लोकेसन पनि पहिचान गरेर भइसक्यो । जसमा हामीले एकदेखि डेढ महिनाभित्र शाखा सञ्चालन गर्छौं । यसरी पाँचवटा शाखा थप वृद्धि गरेर जान्छौं। प्रडक्टहरूमा यही वर्ष व्यावसायिक लोनहरूलाई आजको दिनमा कस्तो छ भने धितो नभएर कर्जा नदिनेभन्दा पनि नयाँ फ्रेस इनर्जेटिकलाई हामीले विनाधितो पन्ध्र लाखसम्मको आम्दानी क्षमता हेरेर व्यावसायिक लोनलाई अनाउन्समेन्ट गरिसकेका छौं । केही क्षेत्रमा विकास बैंकको दायरालाई फराकिलो गर्दै जानलाई हाम्रो एउटा प्लान लघुवित्तमा छ । गाउँगाउँमा पहुँच पुर्याउनुपर्छ, डिपोजिटको बेस बढाउनुपर्छ, बढी जनसमुदायमा जानुपर्छ भन्ने हिसाबले हामी लघुवित्तसँग सम्बन्धित डिपार्टमेन्टहरू छुट्टै खोलेर या त्यसलाई फोकस गरेर लघुवित्तमा पुगेर गाउँगाउँ पुग्ने हाम्रो उद्देश्य यो आर्थिक वर्षमा रहन्छ । त्योभन्दा माथि गएर प्रविधिको हिसाबले इ बैंकिङ टेक्नोलोजीसँग सम्बद्ध हुने प्रडक्टहरू पनि बिजनेसको ग्रोथलाई सपोर्ट गर्न चाहिन्छ । त्यसमा पर्याप्त लगानी गरेर अगाडि जाने अवस्थामा छौं । यो वर्ष हामी यी प्रोग्रामहरू गर्छौं । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री