सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा इनड्राइभका प्रयोगकर्ताहरुको दुर्घटना बीमाको शुभारम्भ

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले इनड्राइभ नेपालका प्रयोगकर्ताहरूका लागि दुर्घटना बीमा सेवा प्रारम्भ गरेको छ। यस सेवाको उद्देश्य इनड्राइभ नेपालका प्रयोगकर्ताहरूलाई सहज, सरल तथा छरितो तरिकाबाट बीमा सुविधा प्रदान गर्नु रहेको छ। सो सेवाको शुभारम्भ एक औपचारिक कार्यक्रममार्फत गरिएको हो।
यस सम्झौताअन्तर्गत कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र इनड्राइभ नेपालका तर्फबाट निर्देशक रिता पोखरेलले हस्ताक्षर गरेका छन्।
उक्त बीमा सुविधाअनुसार, दुर्घटनाका कारण चालक वा यात्रुको मृत्यु भएमा बीमालेखअन्तर्गत रु. ८ लाख, पूर्ण स्थायी अशक्तता भएमा रु. ८ लाख तथा दुर्घटनाजन्य औषधोपचार खर्चका लागि रु. ८० हजार रकम भुक्तानी गरिनेछ। साथै, नाबालिग यात्रुहरूका लागि क्षतिपूर्तिको ५० प्रतिशत प्रदान गरिने व्यवस्था गरिएको छ। बीमित व्यक्तिले बीमालेखमा उल्लेखित क्षति भुक्तानीको लागि कम्पनीको दाबी विभागमार्फत दाबी गर्न सक्नेछन्।
यस बीमा सेवाको शुरुवातसँगै इनड्राइभ नेपालका चालक तथा यात्रुहरूले सुरक्षित यात्रा अनुभव गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। साथै, यस सेवाले समग्र बीमा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ अगाडि बढ्ने प्रतिवद्धता जनाएको छ।




























प्रतिक्रिया