बालकुमारी घटनाको जिम्मेवार मन्त्री ज्वाला पनि भएको निष्कर्ष

उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि मुख्य जिम्मेवार भएको निष्कर्ष निकालेको छ ।

Advertisement

पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले मन्त्री, पीएसओ र अपरेसन कमाण्डर घटनामा जिम्मेवार रहेको आयोगको निष्कर्ष छ ।

भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । त्यही बेला भौतिक पूर्वाधारमन्त्री ज्वालाको गाडी आएपछि प्रदर्शनकारीले रोके । मन्त्री गाडी छोडेर हिँडे, तर प्रदर्शनकारीले मन्त्रीको गाडीमा तोडफोड र आगजनी गरेको अपुष्ट खबर आएपछि अर्कोतर्फ रहेको डीएसपी उमेश लम्साल नेतृत्वको प्रहरी टोली बल प्रयोग गर्दै अगाडि बढेको थियो ।

त्यसक्रममा प्रहरीले हानेको गोली लागेर अछामका वीरेन्द्र शाहको मृत्यु भयो भने अर्का मृतक दैलेखका सुजन रावतलाई बन्दुकको कुन्जाले हानेको प्रारम्भीक अनुसन्धानले देखाएको थियो ।

त्यसका आधारमा डीएसपी लम्साल र मन्त्रीका निजी सुरक्षा अधिकारी (पीएसओ) बोधराज अधिकारीलाई निलम्बन गरिएको थियो भने ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख शिद्धिविक्रम शाहको सरुवा गरिएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री