आइतबार, २३ वैशाख २०८१

घट्यो आशा लघुवित्तको लाभांश दर

समयपोष्ट २०७९ फागुन १६ गते १२:०६

Advertisement

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश दर घटाएको छ।

फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश दर घटाउने निर्णय गरेको हो।

लघुवित्तले अब कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमध्ये १४.२८ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। यस अघि लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको थियो।

नेपाल राष्ट्र बैंकको पत्रानुसार सो लाभांशं परिमार्जन गरिएको लघुवित्तले जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री