बुधबार, २९ असोज २०८२

भ्यालेन्टाइन डेको अवसरमा जगदम्बा मोटर्सको टिभिएस स्कुटरमा “टिभिएस लभ एक्सप्रेस”

समयपोष्ट २०७९ माघ २४ गते २०:३४

Advertisement

जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसरमा सम्पूर्ण टिभिएस् स्कुटरहरुमा ‘टिभिएस लभ एक्सप्रेस’ योजना ल्याएको छ ।

टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले ल्याएको यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ ।

यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको स्योरशट नगद छुट पाउनेछन् ।यसका साथै ग्राहकहरुले जम्मा ३ हजार ९९९ रुपैयाँ र २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार यस योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागु हुनेछ ।

Advertisement

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क विक्री वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।

टिभिएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १२५ सिसिको स्कुटर हो जसमा भएको बिएस ६ र आरटि(एफआइ इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । यस स्कुटरले १० बिएचपी भन्दा बढीको पावर जेनेरेट गर्छ । यो स्कुटरमा एक्सपी आर्थात एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेको भन्दा अझै पावरफुल भएको अनुभव हुन्छ । यसमा भएको राइड मोड (स्ट्रिट/रेस) चेन्ज अप्सनले गर्दा आफुलाई चाहे अनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ । साथै यसमा भएको ब्लुटुथ कनेक्टिभटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाइ सजिलै आफुले चाहे जसरि कन्ट्रोल गर्न पनि सकिन्छ । यसमा रहेका आकर्षक कलर अप्सनले गर्दा झनै मन लोभ्याउने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री