शुक्रबार, १६ चैत २०८०

कालिन्चोक दर्शनको आईपिओ बाँडफाँट

समयपोष्ट २०७९ माघ १९ गते १०:२५

Advertisement

कालिन्चोक दर्शन लिमिटेडको आईपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले आज आइपिओ बाँडफाँट गरेको हो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार आईपिओ कुल १४ लाख ७३ हजार ९ सय ६९ जना आवेदकबाट कुल १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ६५ हजार ७ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको छ । यस हिसाबमा गोलाप्रथाबाट कुल ८९ हजार ६ सय ४० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

कालिन्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ८ लाख ९६ हजार ४ सय कित्ता सर्बसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले १ लाख २० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँट गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई १ लाख ८ हजार कित्ता निष्काशन गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले ५४ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री