बुधबार, १२ वैशाख २०८१

‘आसितेज इन्टरनेशनल’को एसिया बैठक सम्पन्न

समयपोष्ट २०७४ फागुन १५ गते ६:११

बाल रङ्गमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन ‘आसितेज इन्टरनेशनल’को एसिया बैठक सम्पन्न भएको छ ।

Advertisement

फेब्रुवरी २१ देखि जापानको टोकियोमा एक सातासम्म चलेको बैठकमा नाट्य महोत्सवका साथ साना बालबालिकाका लागि रङ्गमञ्चको अवधारणा ‘थिएटर फर योङ्ग पिपल’बारे विमर्श गर्दै सम्पन्न भएकोे आसितेज नेपालका महासचिव केदार श्रेष्ठद्धारा मंगलबार जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

बैठकमा नेपालका तर्फबाट आसितेज नेपालका अध्यक्ष दिपर्शन जंग राणा सहभागी भएका थिए । उनले बैठकमा नेपालमा बाल रङ्गमञ्च सम्बन्धी भइरहेका गतिविधिबारे एसियाली जगतलाई जानकारी गराए ।

बैठकमा नेपाली बाल रङ्मञ्च सुरुवातकालिन समयमा रहेको जनाउ“दै अध्यक्ष राणाले नेपाली रङ्गमञ्चमा बाल रङ्गमञ्चको चुनौती र अवसर उत्तिकै रहेको उल्लेख गरे ।

बैठकमा उनले समृद्ध देशका आसितेज सेन्टरहरुको निरन्तर सहयोग र परामर्श जरुरी रहेको भन्दै नेपालमा ‘थिएटर फर योंग पिपल’को अवधारणामा रङ्गकर्मी, सम्बन्धित निकाय र अभिभावको ध्यान जान थालेको जानकारी दिए ।

एसियाका १२ देश र अन्तर्राष्ट्रिय आमन्त्रित प्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले एसियाली बालबालिका र बाल रंगमञ्चका समस्या र अवसरबारे विमर्श गरेको थियो । साथै पछिल्लो समय सिरियामा भइरहेको हिंसामा बालबालिका निशानामा परेकोमा दुःख व्यक्त गर्दै बैठकले भत्सर्ना समेत गरेको छ ।

बैठकमा आसितेजका अन्तर्राष्ट्रिय अध्यक्ष, इभिटे हार्डी, महासचिव लुइस भ्यालेन्ट तथा चीन, वंगलादेश, जापान, श्रीलंका, थाइल्याण्ड, हङकङ, इरान, इजरायल, कोरिया, न्यूजिल्याण्ड, उज्वेकिस्तान लगायतका प्रतिनिधिहरु सहभागी थिए ।

आसितेज इन्टरनेशनलको ‘आर्टिस्टिक ग्यादरिङ’ आउँदो अगस्ट चीनमा आयोजना गरिने बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री