बिहीबार, १५ चैत २०८०

गाउँगाउँमा स्वास्थ्य चेतना फैलाउदै डा. अंकिता

समयपोष्ट २०७४ फागुन १३ गते १२:४३

नेपाली सेना स्वास्थ्य विज्ञान सस्थानबाट एमविविएस अध्ययन गरेका डाक्टरहरुले सिन्धुपाल्चोकको भेडेचौरमा महिनावारी तथा स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम गर्ने भएकाछन् ।

Advertisement

डा. अंकिता अग्रवालको पहलमा गान्धी इन्टरनेशनल मिसन नेपाल र स्वस्थ पाइला नेपालको सहकार्यमा फागुन १८ गतेदेखि २० गतेसम्म महिनावारी तथा स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

डा. अंकिता अग्रवालले सिन्धुपाल्चोक भेडेचौरका स्थानीय महिला तथा कक्षा छ देखि १० सम्मका युवतीहरुलाई महिनावारी सम्बन्धि चेतनामुलक कार्यक्रम गरी महिनावारी तथा स्वास्थ्य सम्बन्धि जानकारी दिइने बताईन ।

‘हामीले डाक्टर अध्ययन गर्दा प्राक्टिकलको लागि मरेको मान्छेले लाश चिर्नुपर्दथ्यो,“डा. अग्रवालले भनिन्,“उसको मरेको कारण खोज्दै जाँदा महिनावारीको क्रममा संक्रमण भएर बच्चा नहुदा खेरी अर्को श्रीमति ल्याएर आत्महत्या गरेको भन्ने थाहा हुन्थ्यो ।’उनले महिनावारी सामान्य भए पनि त्यसले ठूलो जटिलता निम्याउने भएकोले महिनावारी र स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम गर्न लागेको बताईन ।

महिनावारी सम्बन्धि कार्यक्रम अन्तर्गत भेडेचौरका करिब २ सय महिला र छात्राहरुलाई सेनेटरी प्याड, हात धुने साबुन, स्यानिटाइजर वितरण गर्नुका साथै चेतना फैलाउने काम हुनेछ ।

डा. अंकिता अग्रवालले ग्रामीण क्षेत्रका महिला तथा किशोरीहरुलाई महिनावारीको बेला राम्रोसंग सरसफाइ गर्नुपर्छ भन्ने जानकारी समेत नभएको बताईन । उनले गाउँका किशोरी तथा महिलाहरुलाई महिनावारीको समयमा हुन सक्ने संक्रमणबाट जोगिने उपायबारे चेतना फैलाउने भन्दै यसलाई देशव्यापी रुपमा अघि बढाउने लक्ष्य रहेको बताईन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री