बिहीबार, १३ वैशाख २०८१

सर्वोच्च ब्याजदर सहित सिभिलको “सगरमाथा बचत खाता”

समयपोष्ट २०७४ फागुन १० गते ३:५५

सिभिल बैंक लिमिटेडले सर्वोच्च ब्याजदर पाइने बचत खाता योजना “सगरमाथा बचत खाता” ल्याएको छ ।

Advertisement

बैंकले यस बचत खातामा सर्वोच्च १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ ।
न्यूनतम मौज्दात रु. १०००– रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस. बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा ५०% छूटका साथै रु ५००,०००.०० सम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निःशुल्क बीमाको ब्यवस्था गरिने कुरा बैंकले जनाएको छ ।

विद्यमान अवस्थामा सर्वोच्च ब्याज दरका साथै अन्य बैंकिङ सेवामा निःशुल्क/बिशेष छूट सहितको यस बचत खाताबाट ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए ।

सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री