बिहीबार, १६ मंसिर २०७८

व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत टेलिकमकी महाप्रबन्धक राजभण्डारी सम्मानित

समयपोष्ट २०७४ माघ २८ गते १४:२६

व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत नेपाल टेलिकमका महाप्रबन्धक कामिनी राजभण्डारीलाई सम्मान गरिएको छ ।

Advertisement

नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक साधारणसभामा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले ‘आउटस्टान्डिङ मेनेजर अफ द एयर २०१७’ बाट सम्मान गरे ।

त्यसैगरी उपप्रधानमन्त्री गच्छदारले एफवान सफ्टवयर इन्टरनेशनलका अध्यक्ष विश्वास ढकाललाई ‘म्यानेजर अफ द एयर २०१७’ले सम्मान गरे। उनले व्यवस्थापन क्षेत्रमा योगदान पुर्याउन सफल भएकोप्रति शुभकामनासमेत व्यक्त गरे ।

उपप्रधानमन्त्री गच्छदारले मुलुकको राजनीतिक व्यवस्थापनमा खराबी आएका कारण समग्र क्षेत्रमा नराम्रो असर परेको बताए । उनले राजनीतिक असफल भएका कारण देश समृद्धिको बाटोमा अपेक्षितरुपले अघि बढ्न नसकेको बताए ।

आयोजक संस्था नेपाल व्यवस्थापन संघका अध्यक्ष सुशील भट्टले सम्मानित राजभण्डारी र ढकाललाई बधाई ज्ञापन गर्दै मुलुकको समृद्धिमा व्यवस्थापन क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री