बिहीबार, १५ चैत २०८०

४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ मा लक्ष्मी र माछापुच्छ्रे बैंकले कर्जा लगानी गर्ने

समयपोष्ट २०७७ फागुन ११ गते १२:५९

Advertisement

४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजना निर्माणका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन् ।

संखुवासभाको साबिकको सिद्धकाली र मावादिन गाविसहरुमा रहेको पिलुवा र सिखुवा खोलामा निर्माण गर्न लागिएको उक्त आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा माछापुच्छ्रे बैंक समेतले कर्जा लगानी गर्ने भएको हो ।

आयोजनामा लक्ष्मी बैंकले ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकले २५ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गर्ने छन् ।

उक्त आयोजनाको लागत ९३ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको छ। माबिलुङ इनर्जी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धी सम्झौता भइसकेको छ। आयोजना निर्माणका लागि कम्पनीले ऊर्जा मन्त्रालयबाट गत साउन ९ गते स्वीकृति पाइसकेको छ।

माबिलुङ इनर्जीलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलगायत अन्य व्यक्तिहरुले प्रवर्द्धन गरेका छन्। यसका अध्यक्ष राजेशलाल श्रेष्ठ हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री