बिहीबार, १५ चैत २०८०

ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ बाँडफाँट

समयपोष्ट २०७७ फागुन ७ गते ११:४३

Advertisement

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँट भएको छ ।

शुक्रबार बाँडफाँट भएको कम्पनीको सेयर गोलाप्रथा मार्फत ३ लाख २५ हजार १ सय ६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले हात पारेका छन् ।

बाँकी रहेको २ कित्ता सेयर भने २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । कुल १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएकोमा ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको छ ।

१३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये ६९ हजार ९ सय २८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८ सय २० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री