मंगलबार, १ जेठ २०८१

भाइको मृत्यु भएको एक साता पनि नबित्दै कपुर खान्दानमा भब्य पार्टी ! “निर्लज्ज व्यक्तिहरु”

समयपोष्ट २०७७ फागुन ३ गते १८:११

Advertisement

भारतीय अभिनेता राजीव कपूरकाे मङ्गलवार निधन भयो । ९ फेबु्रअरीमा हृदयघातका कारण ५८ वर्षकै उमेरमा उनी यस संसारबाट बिदा भए ।

भाइको मृत्यु भएको एक हप्ता पनि नबित्दै बलिउडका दिग्गज अभिनेता रणधीर कपूरले १५ फ्रेब्रअरीमा परिवारका साथ भब्य तवरले जन्मदिनको उत्सव मनाए । राजीवको मृत्युपछि अब घरमा म एक्लो भएको छु भन्ने अन्तरवार्ता दिएका रणधिरले भाइको मृत्यु भएको एक साता पनि नबित्दै भब्य पार्टी आयोजना गरेको देख्दा प्रशंसकले विभिन्न टिप्पणी गरेका छन् ।

पार्टी पछिका फोटो तथा भिडियोहरु भाइरल भइरहेका छन् । त्यस्तै भिडियोको बारेमा एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गर्दै भनेका छन्, “यी कति निर्लज्ज व्यक्तिहरु हुन् । केही दिन पर्खिन सक्थे ।”

त्यस्तै अर्का प्रयोगकर्ता लेख्छन्, “म अचम्ममा परेको छु । एक हप्ता पनि बितिसकेको छैन र यी व्यक्तिहरुले पार्टीको रमाइलो गरिरहेका छन् । यिनीहरु ‘शो मस्ट गो अन’ टाईपका व्यक्तिहरु हुन् । मैले आलियालाई मन पराउँथे तर अब मन पराउँदिन ।”अर्का प्रयोगकर्ता लेख्छन्, “जन्मदिन मनाउने…. कसरी ? यिनीहरुमा कुनै भावना छैन । भाई मरेको दुई तीन दिन भएको छ । डिस्गस्टीङ।”

Advertisement

१५ फेबु्रअरी १९४७ मा जन्मिएका रणधीरको जन्मदिन विशेष बनाउन मुम्बईको एक रेष्टुरेन्टमा पार्टीको आयोजना भयो जसमा उनका दुबै छोरी करिश्मा, करीना, ज्वाई सैफ अली खान, भतिजा सम्मान जैन, कान्छो भाइ ऋषि कपूरकी पत्नी नीतू कपूर, भतिजा रणबीर, भतीजी रिद्धिमा कपूर शहानी, अभिनेत्री आलिया भट्ट, तारा सुतारिया र अभिनेता संजय कपूर धेरै कलाकारहरु सामिल भए । यो पार्टी एक रातसम्म चल्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री