बुधबार, २५ असार २०८२

प्रेमपूर्वक अँगालो हाल्दा हुन्छन् यस्ता ४ फाइदा

समयपोष्ट २०७७ फागुन १ गते ११:०८

Advertisement

भ्यालेन्टाइन्स डेभन्दा दुई दिन अघि अर्थात् १२ फेब्रुअरीमा हग डे मनाइन्छ । आफ्नो पार्टनरलाई अँगालो हाल्दा जस्तो महसुस हुन्छ, त्योभन्दा सुन्दर अरु के हुनसक्ला र ? जुन भावनालाई शब्दमार्फत् बयान गर्न सकिँदैन, ती भावनालाई प्रेमपूर्वक अँगालो हालेर गर्न सकिन्छ । यो हग डेमा आफ्नो पार्टनरका साथै आफ्नो अभिभावक, भाइ, बहिनी, साथीभाइलाई पनि एउटा प्रेमिल अँगालो हाल्नुहोस् किनभने कसैलाई अँगालो हाल्दा निकै आनन्द महसुस हुनुका साथै स्वास्थ्यलाई पनि विभिन्न फाइदा पुग्छ । यस्ता छन् अँगालो हाल्नुका फाइदा :

मुटुका लागि फाइदाजनकः एक शोधका अनुसार अँगालो हाल्दा शरीरमा लभ हर्मोन अक्सिटोसिनको स्तर बढ्ने गर्छ । यसले मुटु स्वस्थ राख्छ ।

रक्तचाप कम हुन्छः वैज्ञानिकका अनुसार अँगालो हाल्दा रक्तचाप पनि कम हुन्छ । यस्तो शरीरमा अक्सिटोसिन हर्मोनको श्रावले हुन्छ । ५९ मानिसमाथि भएको एक अनुसन्धानमा बताइए अनुसार जो मानिसहरु आफ्ना पार्टनरलाई अँगालो हालिरहन्छन् उनीहरुको रक्तचाप नियन्त्रणमा रहन्छ ।

तनाव कम हुन्छः थुप्रै अनुसन्धानमा बताइए अनुसार कुनै विशेष व्यक्तिलाई अँगालो हाल्दा स्ट्रेस हर्मोन कार्टिसोलको स्तर कम हुन्छ । अँगालो हाल्दा तनाव कम हुन्छ साथै व्यक्तिको स्मरणशक्ति पनि तीब्र हुन्छ ।

Advertisement

मूड फ्रेश हुन्छः शोधकर्ताका अनुसार अँगालो हाल्दा मानिसको मूड पनि ठिक हुन्छ । वास्तवमा जब तपाईं कसैलाई अँगालो हाल्नुहुन्छ तब तपाईंको दिमागमा सेरोटोनिन हर्मोन अत्यधिक मात्रामा श्राव हुन्छ जसले तपाईंका मूड फ्रेश गर्न मद्दत गर्छ । अँगालो हाल्दा व्यक्तिको काम गर्ने क्षमता पनि बढ्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री