घट्यो इन्भेष्टमेन्ट बैंकको नाफा

नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

Advertisement

यो नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३० करोड ९४ लाख रुपैयाँ कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले यस अवधिमा १ खर्ब ४९ अर्ब ९५ करोड निक्षेप सङ्कलन गरेको छ । बैंकले १ खर्ब ३२ अर्ब ६० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।बैंकले ३ अर्ब ६ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन मुनाफा ४६ करोड २८ लाख रुपैयाँ घटेर २ अर्ब ३८ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा २.०४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा ०.८६ प्रतिशत विन्दु बढेर २.९० प्रतिशत कायम भएको छ। समीक्षा अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज २६ करोड ७१ लाख बढेर ५५ करोड ९० लाख पुगेको छ।

चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब १० करोड २६ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा १ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ करोड २५ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ३४ लाख रुपैयाँ रहेको छ।

Advertisement

बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४३ पैसा कायम भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० रुपैयाँ ५६ पैसा कम हो। समीक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ ११ रुपैयाँ १० पैसा घटेर १८४ रुपैयाँ ३ पैसा कायम भएको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १६.१५ बाट बढेर १७.२८ गुणा कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री