शुक्रबार, २ साउन २०८२

ग्लोबल आइएमई बैंक १३ औँ बर्षमा

समयपोष्ट २०७५ माघ १३ गते ११:४६

ग्लोबल आइएमई बैंक १३ औँ बर्ष प्रबेश गरेको छ । सो अवसरमा बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

“बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीर हस्पिटल, जमल हुँदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

बैंकले काठमाण्डौँ उपत्यकामा मात्र नभएर काठमाण्डौ बाहिर बिभिन्न ठाउँहरु, बिराटनगर, लाहान, नारायणघाट, बुटवल, पोखरा, नेपालगञ्ज, लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ । बैंकले यसअघि रक्तदान एवम् निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री